रामेछाप १ (क) मा माओवादीका श्रेष्ठ निर्वाचित

हिमाल प्रेस ९ मंसिर २०७९ १८:१४ | Friday, November 25, 2022
रामेछाप १ (क) मा माओवादीका श्रेष्ठ निर्वाचित

रामेछाप– रामेछाप १ (क) मा सत्तागठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ निर्वाचित भएका छन्।

श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्ति पौडेलले १५ हजार एक सय ५७ मत प्राएका छन्।

यसैबीच रामेछाप १(ख)को मतगणना सुरु भएको छ। खाँडादेवी गाउँपालिकाका केही वडाको मत गणना हुँदा एमालेका मिलन घिसिङले दुई हजार आठ सय १६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका युवराज चौलागाईंले दुई हजार एक सय ४८ मत प्राप्त गरेका छन्।

यस्तै प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्ण  तामाङ (कान्छाराम)ले २४ हजार चार सय ५१ मत प्राप्त गरेका छन्। यस्तै एमालेका कैलाश ढुंगेलले १६ हजार छ सय ८२ मत प्राप्त गरेका छन्। यी क्षेत्रहरूमा मतगणना जारी रहेको छ।

प्रकाशित: ९ मंसिर २०७९ १८:१४ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast