काठमाडौँ- प्रतिनिधिसभा सदस्यतर्फ चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछाने १२ हजार बढीको अग्रता कायम गरेका छन्। शहरी क्षेत्रको मतगणना जारी रहँदा लामिछानेले अग्रता झनै बढाउँदै लगेका हुन्।
लामिछानेले २२ हजार १०१ मत ल्याएका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले ९ हजार ४१२ मत ल्याएका छन्। नेपाली कांग्रेसका उमेदवार उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन्।
प्रकाशित: ७ मंसिर २०७९ १५:०१ | Wednesday, November 23, 2022
प्रतिक्रिया



