यादवलाई १८ हजार मतले पछि पार्दै राउत विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १६:३१ | Wednesday, November 23, 2022
यादवलाई १८ हजार मतले पछि पार्दै राउत विजयी

सप्तरी– सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारी मतान्तरले निर्वाचित भएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई १८ हजार ६३ मतको अन्तरले पराजित गर्दै राउतले संघीय संसद्‍को यात्रा तय गरेका छन्।

राउतले ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादव भने १६ हजार ९७९ मतमा सीमित भएका हुन्। यस्तै पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का जयप्रकाश ठाकुर ७ हजार ३४७ मत ल्याएर तेस्रो स्थानमा रहे।

प्रकाशित: ७ मंसिर २०७९ १६:३१ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast