यात्रुसँग हानाहानपछि युनाइटेड एयरलाइन्सका उडान परिचारक अस्पताल भर्ना

हिमाल प्रेस १ मंसिर २०७९ ११:३१ | Thursday, November 17, 2022

न्युयोर्क- सान फ्रान्सिस्कोबाट शिकागोको एउटा उडानमा यात्रुसँगको हात हानाहानपछि युनाइटेड एयरलाइन्सका उडान परिचारकलाई अस्पताल भर्ना गरिएको छ।

फक्स३२ शिकागोका अनुसार आइतबार उक्त घटना भएको हो। विमान परिचारकसँग एक जना रिसाएकी महिला यात्रुको झगडको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा पनि पोस्ट गरिएको छ।

भिडियोमा शिशु बोकेकी एक महिला चिच्याएको र उनलाई ‘पछाडि हट’ भनेको सुन्न सकिन्छ।विमान शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उक्त घटना भएको हो।

भिडियो सुरु भएसँगै विमानभित्र प्यासेजमा महिला चिच्याएको सुन्न सकिन्छ। ‘यो कहाँ हो’, उनी चिच्याउछिन्।

‘म्याम हामी अवतरण गरिरहेका छौँ,’ एक विमान परिचारिका उनलाई भन्छिन्। ‘सारा पछाडि हट्नुहोस’ परिचारकले अगाडि भन्छिन्। तर, ती महिला विमान परिचारकतर्फ निरन्तर बढ्छिन्।
फ्लाइट ४७६ मा भएको ‘अवरोध’पछि आफूहरूलाई बोलाइएको शिकागो प्रहरीले जनाएको छ। एजेन्सी

प्रकाशित: १ मंसिर २०७९ ११:३१ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast