यसपटक मौन अवधि छैन, तर प्रचारप्रसार गर्न पाइँदैन : प्रमुख आयुक्त थपलिया

हिमाल प्रेस २८ कार्तिक २०७९ १०:२६ | Monday, November 14, 2022
यसपटक मौन अवधि छैन, तर प्रचारप्रसार गर्न पाइँदैन : प्रमुख आयुक्त थपलिया

काठमाडौँ- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्‍न निर्वाचनमा मौन अवधि नरहेको बताएका छन्।

निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनमा मौन अवधि नराखिएको जानकारी दिए। तर, मतदानको ४८ घण्टादेखि चुनावी प्रसारप्रचार गर्न नपाइने उनले बताए।

मौन अवधि नरहेकाले मतदानअघिको ४८ घण्टाको समयलाई व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिएका उनले उक्त अवधिलाई यसपटक मौन अवधि नभएको र प्रचारप्रसार गर्न पनि प्रतिबन्ध लगाइएको बताए।

उक्त समयावधिमा हुन सक्ने आचारसंहिताविपरीतका गतिविधिलाई रोक्ने गरी आयोगले काम गरिरहेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले यस पटक धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए।

१ मंसिर रातिदेखि प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ।

प्रकाशित: २८ कार्तिक २०७९ १०:२६ | Monday, November 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast