मौनअवधिमा केपी ओली : भान्सामा साग केलाउँदै

हिमाल प्रेस ३ मंसिर २०७९ १५:२५ | Saturday, November 19, 2022
मौनअवधिमा केपी ओली : भान्सामा साग केलाउँदै

काठमाडौँ- आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन एकै चरणमा हुँदैछ। निर्वाचनकै कारण मौनअवधि जारी लागू छ। यो समयमा नेताहरू आन्तरिक रणनीति बनाउँदैछन्। नेताहरू पनि मतदानका लागि आफ्नो मतदान अधिकार भएको क्षेत्र पुगिसकेका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मौनअवधिमा पार्टीको चुनावी रणनीतिसँगै घरायसी काममा व्यस्त भएको तस्बिर सार्वजनिक गरेका छन्। मौनअवधिमा चुनावका सार्वजनिक कार्यक्रमहरू गर्न नपाउने भएपछि केही फुर्सदिला बनेका ओलीले घरमै श्रीमती राधिका शाक्यलाई भान्सामा सहयोग गरेका छन्। उनले आफ्नो फेसबुकमा सार्वजनिक गरेको तस्बिरमा भान्सामा तरकारी केलाउन सहयोग गरेको तस्बिरहरू देख्न सकिन्छ।

प्रकाशित: ३ मंसिर २०७९ १५:२५ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast