काठमाडौँ– नेपाल मेडिकल काउन्सिलको शुक्रबार सम्पन्न विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७४ दशमलव १६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी ४७६ जना परीक्षार्थीमध्ये ३५३ जना उत्तीर्ण भएका हुन्। परीक्षामा १२२ जना अनुत्तीर्ण भएका छन् भने १ जनाको नतिजा रोक्का गरिएको काउन्सिलले जनाएको छ।
काउन्सिलले यसअघि साउनमा भएको विशेषज्ञ दर्ता प्रमाण पत्र परीक्षामा ६८ दशमलव ६ प्रतिशत उत्तीर्ण भएका थिए। काउन्सिलले परीक्षामा चित्त नबुझे ३५ दिनभित्र पुर्नयोगका लागि आवेदन दिनसक्ने जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७९ १९:१६ | Friday, November 25, 2022
प्रतिक्रिया



