मुस्ताङमा कांग्रेसको सुरुवाती अग्रता, एमाले पछ्याउँदै

हिमाल प्रेस ५ मंसिर २०७९ ९:३६ | Monday, November 21, 2022
मुस्ताङमा कांग्रेसको सुरुवाती अग्रता, एमाले पछ्याउँदै

मुस्ताङ- मुस्ताङमा नेपाली कांग्रेसले ३ सय ७८ मत सहित अग्रता हासिल गरेको छ।

मुस्ताङमा अहिलेसम्म गणना भएको ३७७९ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो। कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले २०३५ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले १६५७ मतले पछयाइरहेका छन्।

उता, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ४१, राप्रपा नेपालका प्रविणकुमार शेरचनले ५ मत ल्याएका छन् भने हालसम्म गणना भएको मध्य ४० मत बदर भएको छ।

 

प्रकाशित: ५ मंसिर २०७९ ९:३६ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast