मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, प्रतिनिधिसभामा थकाली निर्वाचित

हिमाल प्रेस ५ मंसिर २०७९ १२:०६ | Monday, November 21, 2022
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, प्रतिनिधिसभामा थकाली निर्वाचित

काठमाडौँ– मुस्ताङमा कांग्रेस उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। मतगणनामा कांग्रेसका थकालीले एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्।

गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन्। २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए।

प्रकाशित: ५ मंसिर २०७९ १२:०६ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast