मादी नदीमा पुल बनेपछि सहज भयो दैनिकी

हिमाल प्रेस १४ मंसिर २०७९ १५:४९ | Wednesday, November 30, 2022
मादी नदीमा पुल बनेपछि सहज भयो दैनिकी सांकेतिक तस्बिर।

तनहुँ– मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन्। वारि व्यास-१० को परेवाडाँडा र पारी व्यास-५ को चिन्तुटार।

दुवै वडाको बीचमा मादी नदी बग्छ। मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ।

पुलले दैनिक दुई वडाका वासिन्दाको आवात-जावत र दैनिक कामलाई सहज बनाइदिएको व्यास-१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताए।

आर्थिक वर्ष ०७६/७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो।

एन टाइपको सस्पेन्सन किसिमको करिब दुई सय ८२ मिटर लामो झोलुंगे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ।

गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँमाले सो पुल बनाएको हो।

दुई करोड ६४ लाख रुपैयाँमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिए।

पिजन हिल होटल सञ्चालकसमेत रहेका विवेक सापकोटाले दुई वडालगायतका करिब दश हजार बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताए।

पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत मिलेको व्यास नगरपालिका-१० का वडाध्यक्ष खेमराज पोलको भनाइ छ।

प्रकाशित: १४ मंसिर २०७९ १५:४९ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast