माओवादीकै नेता लेखनाथ न्यौपानेले भने : चुनाव जितेर प्रचण्डले तामझाम गरेको सुहाउँदैन

हिमाल प्रेस १२ मंसिर २०७९ १८:२० | Monday, November 28, 2022
माओवादीकै नेता लेखनाथ न्यौपानेले भने : चुनाव जितेर प्रचण्डले तामझाम गरेको सुहाउँदैन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव जितिसकेपछि गरेको तामझाम सुहाउँदो नभएको बताएका हुन्। न्यौपानेले फुलमालाले सजिएका प्रचण्डको तस्बिर सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन्।

‘सामान्य तर गम्भीर विषय। चुनाव जितेका अरुहरूले अलिअलि तामझाम गरेकाे ठिकै मान्न सकिएला तर अध्यक्ष कमरेडले त्यसाे गर्न हुँदैन र सुहाउँदैन पनि। त्यसकारण भेटघाट र बधाई दिन आउने नेता/कार्यकर्तालाई फूल, माला, खादाबिना आउन भन्नुपर्ने भयाे,’ उनले फेसबुकमा लेखेका छन्, ‘अधिकांश अलाेकप्रिय पात्रलाई टिकट दिँदा पार्टी १७ मा झरेकाे छ र पार्टीको लाेकप्रिय मतमा समेत नयाँ राप्रपा जस्ता पुरातनपन्थीहरूले लतार्दै लगेकाे बेला अध्यक्ष कमरेडले घरभित्रै थामिनसक्नु मालाखादासहित बधाई खाने कुराले भाैतिक-नैतिक रुपमा अलिकति पनि राम्रो गरेकाे छैन।’

प्रकाशित: १२ मंसिर २०७९ १८:२० | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast