महोत्सवको विरोधमा उद्योग वाणिज्य संघद्वारा तुलसीपुर बन्द

हिमाल प्रेस १४ मंसिर २०७९ १५:२९ | Wednesday, November 30, 2022
महोत्सवको विरोधमा उद्योग वाणिज्य संघद्वारा तुलसीपुर बन्द

दाङ– तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार बजार बन्द गरेको छ। युथ्स् अफ तुलसीपुर क्लबले मंसिर १५ देखि २६ गतेसम्म आयोजना गर्न लागेको महोत्सवको विरोध गर्दै संघले बजार बन्द गराएको हो।

अनावश्यक रूपमा भइरहेका मेला, महोत्सवले बजारमा अवरोध र व्यवसायमा असर परेको भन्दै संघले विरोध जनाएको छ।

उपमहानगरपालिकाले कार्यविधि बनाएर मात्रै महोत्सव लगाउन दिनुपर्ने उद्योग वाणिज्य संघको माग छ। महोत्सव आयोजक युथ्स् क्लब अफ तुलसीपुरले चाहिँ सरकारी निकायबाट अनुमति लिएर महोत्सव आयोजना गर्ने व्यवस्था गरेको जनाएको छ।

व्यवसायीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय दाङले महोत्सव रोक्न निर्देशन दिइसकेको छ। तर निर्देशन विपरीत आयोजकले महोत्सवको तयारी अगाडि बढाएपछि व्यवसायी विरोधमा उत्रिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast