मलाई जिताउने र प्रधानमन्त्री बनाउने जनताको आकांक्षा छ : प्रकाशमान सिंह

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:५४ | Wednesday, November 16, 2022
मलाई जिताउने र प्रधानमन्त्री बनाउने जनताको आकांक्षा छ : प्रकाशमान सिंह

मोरङ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन्।

लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताएका हुन्।

नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भने,‘निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छु।’

उनले जनताले खानेपानीको समेत माग गरिरहेको बताए। शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिने उनको भनाइ थियो।

पूर्वउपप्रधानमन्त्री सिंहले मतदाताले अब पनि चुनाव जिताएर पठाउने र आफूलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको प्रतिक्रिया दिएको बताए। नेता सिंहले काठमाडौँ क्षेत्र नं १ भित्र भएका सार्वजनिक जग्गा अनधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्क बनाउने आफ्नो योजना रहेको बताए।

प्रकाशित: ३० कार्तिक २०७९ ११:५४ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast