मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

विजय नेपाल ५ मंसिर २०७९ २२:२४ | Monday, November 21, 2022
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

पोखरा- मनाङ जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। उनले एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई ३ सय बढी मतान्तरले हराउँदै चुनाव जितेका हुन्।

कुल ४ हजार ८ सय ४६ मतमा टेकले २६७५ प्राप्त गर्दा पोल्देनले २२४७ मात्र मत प्राप्त गरेका छन्।  २०७४ सालको चुनावमा छोपाङले टेकबहादुर हराएकोमा यसपालि उनले बदला लिन सफल भए।

यसैबीच जिल्लाको प्रदेश सभा (क) बाट कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भइसकेका छन्। उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतअन्तरले हराए। मुनिन्द्रको १ हजार २ सय ५५ मत आउँदा राजनले ९ सय २५ मतमात्रै पाए।
जिल्लाको प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका हुन्।

हिमालपारिको अर्को जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्य प्रदेशसभामा गरी तिनै सिट जितेर क्लिन स्विप गरेको छ। मुस्ताङमा २०७४ सालको चुनावमा सबै सिट एमालेको पोल्टामा गएको थियो।

प्रकाशित: ५ मंसिर २०७९ २२:२४ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast