मण्डलामा शबानाको ‘मास्टर क्लास’

हिमाल प्रेस १० मंसिर २०७९ १२:२१ | Saturday, November 26, 2022
मण्डलामा शबानाको ‘मास्टर क्लास’

काठमाडौँ- ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०७९’ मा आज भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमीले ‘मास्टर क्लास’ लिनेछिन्। नाटक महोत्सवको उद्घाटन समारोहमा आजमीले नेपाली रंगकर्मीहरूको प्रशंसा गरेकी थिइन्। उनले रंगकर्मीहरूको प्रयासले नै दोस्रो नाट्य महोत्सव सम्भव भएको बताएकी थिइन्।

आजमीले रंगमञ्चको विकास विस्तार र प्रवद्र्धनका लागि मण्डलाले गरेको कामको पनि तारिफ गरेकी थिइन्। ‘रंगकर्मीहरूले रंगमञ्चका लागि गरेको यो प्रयास प्रशंसनीय छ,’ उनले भनिन्, ‘रंगमञ्चप्रति उनीहरूको प्रेम र लगावका कारण नाटक महोत्सव सम्भव भएको हो।’

अभिनेत्रीले बेलुका साढे ७ बजे मास्टर क्लास लिनेछिन्। उनले मण्डालमा मञ्चन हुने नाटकको अवलोकन गर्नेछिन्। हिजो (मंसिर ९) देखि सुरु भएको नाटक महोत्सवमा विश्वभरिका दुई सयभन्दा बढी रंगकर्मी सहभागी भएका छन्। महोत्सव मंसिर १७ सम्म चल्नेछ।
काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरले आयोजना गरेको महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे, कम्बोडियालगायत देशका नाट्य समूह सहभागी छन्।

प्रकाशित: १० मंसिर २०७९ १२:२१ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast