काठमाडौँ– चाइना साउदर्नले मंगलबार (भोलि) देखि ग्वाङझाउ-काठमाडौँ-ग्वाङझाउ रुटमा उडान गर्ने भएको छ।
कोभिड–१९ का कारण स्थगित भएको उडान पुनः नियमित गर्न लागेको कम्पनीले जनाएको छ। चाइना साउदर्नल सुरुवातको दिनमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने भएको छ।
कम्पनीको काठमाडौँस्थित कार्यालयले तत्काल ट्रान्जिट उडानका यात्रु नबोक्ने उल्लेख गरेको हो। ग्वाङझाउबा काठमाडौँमा दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौँबाट भने अपराह्न २ः४० मा उड्नेछ।
प्रकाशित: १२ मंसिर २०७९ १५:११ | Monday, November 28, 2022
प्रतिक्रिया





