भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

हिमाल प्रेस ३ मंसिर २०७९ १२:५७ | Saturday, November 19, 2022
भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित भएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट प्रेसित सूचना भ्रामक रहेकाले सजग रहनसमेत अपिल गरेको छ। ‘स्थिर अवधिमा केही सञ्चारमाध्यमको ‘मास्टहेड’ प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारबारे अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवम् भ्रामक समाचार बनाई सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो ‘फेक न्युज’ रहेको र कतिपय सञ्चारमाध्यमले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रस्ट्याइसकेको काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शनिबार दिउँसोबाट विभिन्न सञ्चारमाध्यमका मास्टहेड प्रयोग गरी निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा अफवाहपूर्ण र दुष्प्रचारयुक्त ‘स्क्रिनसट’ सम्प्रेषित भएका थिए।

त्यस्ता सामग्रीबाट सजग रहनसमेत प्रेस काउन्सिलले अपिल गरेको छ। स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराधसम्बन्धी कानुन आकर्षित हुने पनि काउन्सिलले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७९ १२:५७ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast