काठमाडौँ- नेकपा एमालेका नेता तथा प्युठानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। सामाजिक सञ्जालमा भाइरल मीनबहादुर बुढा ‘भेलुबाजे’लाई दुई हजार रुपैयाँ दिएर प्रचार गर्न लगाएको सूचनाका आधारमा आयोगले थापालाई स्पष्टीकरण गरेको हो।
‘तपाईंले मीनबहादुर बुढालाई नगद वितरण गर्नु भएको हो, होइन? तपाईंले निज मीनबहादुर बुढालाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो?’ आयोगले थापालाई सोधेको छ।
आयोगले यसअघि पनि थापालाई स्पष्टीकरण सोधेको थियो। आयोगले थापालाई पत्र प्राप्त भएको २४ घण्टाभित्र जवाफ लिखित रुपमा पठाउन भनेको छ।
प्रकाशित: २ मंसिर २०७९ ५:०७ | Friday, November 18, 2022
प्रतिक्रिया



