काठमाडौँ- भिभो स्मार्टफोनले हरेक महिनाको तीन दिन सर्भिस डे आयोजना गर्ने भएको छ। स्मार्टफोन बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउन र ग्राहकलाई सहज रूपमा सेवा प्रवाह गर्न प्रत्येक महिनाको २७ देखि २९ तारिखमा सर्भिस डे आयोजना गर्ने भिभोले जनाएको हो।
सर्भिस डेमा फोनमा सर्भिसिङ, क्लिनिङ, सिस्टम रिकभरी, सफ्टवेयर अपग्रेड, मर्मत, प्रोटेक्टिभ फिल्मजस्ता सेवाहरू निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ।
भिभोले सबै सेवाको पहुँच बिस्तार गर्न अफलाइन र अनलाइन नेटवर्क स्थापना गरेको छ। भिभोका देशभर एक हजार भन्दा बढी रिटेल स्टोर छन्। भिभोका काठमाडौँ, नारायणगढ, पोखरा र इटहरीमा आफ्नै आउटलेट छ।
प्रकाशित: ७ मंसिर २०७९ १३:२१ | Wednesday, November 23, 2022
प्रतिक्रिया



