भवानी खापुङ र मेटमणि चौधरीलाई आयोगको जरिवाना

हिमाल प्रेस ३ मंसिर २०७९ १२:४८ | Saturday, November 19, 2022
भवानी खापुङ र मेटमणि चौधरीलाई आयोगको जरिवाना

काठमाडौँ– निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो।

उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ। चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ।

यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीकाे सिफारिस गरेको छ। उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ। उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रकाशित: ३ मंसिर २०७९ १२:४८ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast