भक्तपुर १ मा प्रेम सुवाल विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १०:१८ | Thursday, November 24, 2022
भक्तपुर १ मा प्रेम सुवाल विजयी प्रेम सुवाल। फाइल तस्बिर

काठमाडौँ- भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन्। पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन्।

निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ। मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले सबै मत गनेर सकिएको र अब परिणाम सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताए।

प्रकाशित: ८ मंसिर २०७९ १०:१८ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast