भक्तपुरमा मनाइयो सकिमना पुन्ही [तस्बिरहरू]

दिपेश श्रेष्ठ २२ कार्तिक २०७९ ५:२७ | Tuesday, November 8, 2022
भक्तपुरमा मनाइयो सकिमना पुन्ही [तस्बिरहरू]

काठमाडौँ- नेवार समुदायले प्रत्येक वर्षजस्तै  मंगलबार कार्तिक पूर्णिमाका दिन सकिमना पुन्ही मनाएको छ। सकिमाना नेपाल भाषाको शब्दको हो। सकिको अर्थ पिँडालु र मनाको अर्थ उसिनेको भन्ने हुन्छ। दिन नेवार समुदायले विशेष गरेर सकि अर्थात् पिँडालु उसिनेर र अन्य गेडागुडी भुटेर खाने चलन छ।

सकिमना पुन्हीका दिन किसानहरूले आफूले उत्पादन गरेको विभिन्न वस्तु आआफ्नो टोलमा रहेको गणेश, शिव मन्दिरमा श्रद्धाका साथ चढाउने गर्छन्। भुटेर चढाएको गेडागुडी, अन्न, पिँडालु, सखरखण्ड जस्ता वस्तुबाट  मन्दिरअगाडि मन्दिरकै स्वरुपमा बनाउने र पूजाआराधना गर्ने, परम्परागत बाजा बजाएर भजनकीर्तन गर्ने प्रचलन छ।

प्रकाशित: २२ कार्तिक २०७९ ५:२७ | Tuesday, November 8, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast