बैतडी जिप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु

हिमाल प्रेस ५ मंसिर २०७९ ८:३७ | Monday, November 21, 2022
बैतडी जिप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु

धनगढी– बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुने प्रहरीको संख्या ४ पुगेको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष दीपक विष्टले बताए।

‘अहिलेसम्म हामीले चार शव भेटाएका छौँ। अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिएका छन्,’ वडाध्यक्ष विष्टले भने, ‘जिप भिरमा खसेकाले उद्धारमा कठिनाइ भइरहेको छ।’ जिप टुक्राटुक्रा भएको छ।
प्रहरीको घुम्ती टोली चढेको उक्त जिप बैतडीबाट पाटनतर्फ आइरहेको थियो। तर मृतक र घाइते प्रहरीको परिचय खुलेको छैन।

घाइते ९ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, ‘आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ।’ निर्वाचनमा खटिएका प्रहरी सवार गाडी सडकबाट दुई सय मिटर तल खसेको छ। जिपमा चालक सहित १३ जना थिए।

*मृतक संख्या ४ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ।

प्रकाशित: ५ मंसिर २०७९ ८:३७ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast