बीवाईडीले उत्पादन गर्‍यो ३० लाख विद्युतीय गाडी

हिमाल प्रेस ८ मंसिर २०७९ १३:२३ | Thursday, November 24, 2022
बीवाईडीले उत्पादन गर्‍यो ३० लाख विद्युतीय गाडी

काठमाडौँ- विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीले ३० लाख युनिट गाडी उत्पादन गरेको छ। ३० लाख युनिट पुगेको अवसरमा चिनियाँ ग्लोबल ब्राण्ड बीवाईडीले मुख्यालय सान्जेनमा विशेष कार्यक्रम आयोजना गरेको थियो। विद्युतीय गाडीको यो संख्या विश्वकै लागि ठूलो उपलब्धि भएको कम्पनीले जनाएको छ।

बीवाईडीलाई पहिलो १० लाख युनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो। त्यसपछिको अर्को १० लाख युनिट एक वर्षमा पूरा गरेको कम्पनीले अन्तिम १० लाख युनिट उत्पादन र बिक्री ६ महिनामै पूरा गरेको छ।

कम्पनीले पछिल्ला १८ महिनामा २० लाख युनिट कार उत्पादन गरेर बजारमा पठाएको छ। बीवाईडीले आफ्नो बजारलाई विश्वव्यापी बनाइसकेको छ। यसको डिलर नेटवर्क ७० देशको चार सय बढी सहरमा पुगेको छ।

प्रकाशित: ८ मंसिर २०७९ १३:२३ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast