बारा ३ मा एमालेकी ज्वालाकुमारी विजयी

हिमाल प्रेस ९ मंसिर २०७९ ९:०६ | Friday, November 25, 2022
बारा ३ मा एमालेकी ज्वालाकुमारी विजयी

काठमाडौँ- बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिसिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन्। एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी साह २ हजार ९८२ मतान्तरले निर्वाचित भएकी हुन्।

पूर्वमन्त्री समेत रहेकी साहले २० हजार २५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष समेत रहेका यादव ०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन्। यादवलाई पराजित गरेकी साह भने ०७४ को निर्वाचनमा ३(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

यस क्षेत्रमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन्। त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन्। साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन्। मधेश प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासँग मित्रवत् प्रतिस्पर्धा गरेको थियो।

प्रकाशित: ९ मंसिर २०७९ ९:०६ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast