बारा- बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
मैनालीले ३९ हजार १९५ मत पाए। चौधरीले ३० हजार ५६ मत ल्याए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत प्राप्त गरे।
प्रकाशित: ९ मंसिर २०७९ ७:५५ | Friday, November 25, 2022
प्रतिक्रिया



