बाजुरा सदरमुकाम तनावग्रस्त : सेना, प्रहरी परिचालन

हिमाल प्रेस ५ मंसिर २०७९ १३:२३ | Monday, November 21, 2022
बाजुरा सदरमुकाम तनावग्रस्त : सेना, प्रहरी परिचालन

धनगढी- नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ। बजार बन्दसँगै बजारका गल्लिहरूमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन भएको छ।

त्रिवेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेको अनेरास्ववियूको आरोप छ। घाइते अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए। अस्पताल पुगाउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। अयडीको शव अहिले बयलपाटा अस्पतालको शवगृहमा राखिएको अस्पतालले जनाएको छ।

त्रिवेणी नगरपालिकाको ७ रहेको मतदान केन्द्रमा ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो। सुरक्षाकर्मीको गोली लागेर कांग्रेस कार्यकर्ता सञ्जिव अयडीको मृत्यु भएको थियो।

प्रकाशित: ५ मंसिर २०७९ १३:२३ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast