बाजुरा : एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

बिहीबार ७ बजे पुन: बैठक बस्‍ने

हिमाल प्रेस १४ मंसिर २०७९ २०:३२ | Wednesday, November 30, 2022
बाजुरा : एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार फाइल तस्बिर।

धनगढी– निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निर्णय गरेको छ।

मतगणना गर्ने आयोगको निर्णयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बोलाएको थियो।

सर्वदलीय बैठकमा नेकपा एमालेबाहेक सबै सहभागी भए। एमाले सहभागी नभएपछि बैठक बिहीबार बिहान ७ बजे पुन: बस्ने गरी बैठक स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

बिहीबार बिहान ७ बजे बस्ने बैठकमा एमालेलाई पनि सहभागीताका लागि आग्रहसमेत कार्यालयले जानकारी दिएको छ।

एमाले बाजुराले भने चेतन अयडिका हत्यारा प्रक्राउ गर्नुपर्ने र अयडि न्यायको लागि शान्तिपुर्ण आन्दोलनका बेला गिरफ्तार गरिएकालाई बिनासर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने अडान राखेको छ।

प्रकाशित: १४ मंसिर २०७९ २०:३२ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast