बाजुराको बुढीनन्दा नगरपालिका-५ मा पुनः मतदान हुँदै

हिमाल प्रेस १० मंसिर २०७९ ८:४२ | Saturday, November 26, 2022
बाजुराको बुढीनन्दा नगरपालिका-५ मा पुनः मतदान हुँदै

धनगढी- मंसिर ४ गते स्थगित भएको बाजुराको बुढीनन्दा नगरपालिका-५ मा पुनः मतदान भइरहेको हो। स्थगित भएको मतदान केन्द्र नन्देश्वरी मावि पीपलचोक मतदान केन्द्रमा आज बिहान ७ बजेबाट मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको बुढीगंगा, बुढीनन्दा, त्रिवेणी नगरपालिका र गौमुल, जगन्नाथ, खप्तड छेडेदह, हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ।

घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ। टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ।

त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो। उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ।

प्रकाशित: १० मंसिर २०७९ ८:४२ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast