बाँके-३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ ११:३९ | Thursday, November 24, 2022
बाँके-३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित

बाँके- बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्।

वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले बताए। उनका अनुसार सो क्षेत्रमा कुल ७४ हजार दुई १३ मत खसेको थियो ।

प्रकाशित: ८ मंसिर २०७९ ११:३९ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast