प्रभु साहलाई सहयोग गरेको भन्दै एमाले कार्यकर्तालाई स्पष्टीकरण

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:०६ | Monday, November 14, 2022
प्रभु साहलाई सहयोग गरेको भन्दै एमाले कार्यकर्तालाई स्पष्टीकरण

काठमाडौँ-  रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेको कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ।

प्रभु साहको श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नपाको मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल र गरुडा नपाको मेयर कन्थमनी प्रसाद जयसवालले नेकपा एमालेको विधान विपरीत स्वतन्त्र उम्मेदवार साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधिएको छ।

एमालेले २४ घण्टाभित्र स्पष्टीकरण बारे जानकारी गराउन पत्र काटिएको जनाएको छ। चित्त बुझ्दो जवाफ नआए बाध्य भएर पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो। साहले निर्वाचनको मनाेनयनकाे दिन एमालेले दिएको टिकट छाडेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए। हाल उनी स्वतन्त्र भए पनि सत्ता गठबन्धनको साथ छ।

प्रकाशित: २८ कार्तिक २०७९ ८:०६ | Monday, November 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast