प्रदेश १ का तीनवटा सभाबाट सम्बोधन गर्दै ओली

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:४३ | Wednesday, November 16, 2022
प्रदेश १ का तीनवटा सभाबाट सम्बोधन गर्दै ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ का जिल्लाहरूमा जाने भएका छन्।

निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष ओलीले आज प्रदेश १ का तीन वटा चुनावी सभालाई सम्बोधन गर्ने छन्। एमाले स्थायी कमिटी सदस्य गुरु बरालका अनुसार अध्यक्ष ओलीले आज १२ः०० बजे सुनसरीको दोहोबी, दिउँसो २ः०० बजे लोकहीमा चुनावी सभालाई सम्बोधन गर्ने छन्।

यस्तै अध्यक्ष ओलीले आज साँझ ६ः०० बजे विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने स्थायी कमिटी सदस्य बरालले जानकारी दिए। विराटनगरको अन्तरक्रिया सकेर अध्यक्ष ओली आजै झापाको दमकस्थित आफ्नो निवासमा जाने छन्।

यस्तै, अध्यक्ष ओलीले चुनावी प्रचारको अन्तिम दिन भोलि मंसिर १ गते झापाको दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ११:४३ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast