प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र

हिमाल प्रेस ९ मंसिर २०७९ १२:३३ | Friday, November 25, 2022
प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र

गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित प्रमाणपत्र बुझेका छन्। शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन्। उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रचण्ड बिहीबार फराकिलो मतान्तरले गोरखा २ बाट विजयी भएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिएका थिए। तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहे।

गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझेका छन्। प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । तर नेकपा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई उपस्थित भएनन्।

प्रकाशित: ९ मंसिर २०७९ १२:३३ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast