प्रचण्डलाई ओलीको फोन- मिलेर अगाडि बढौँ

हिमाल प्रेस ८ मंसिर २०७९ १८:३७ | Thursday, November 24, 2022
प्रचण्डलाई ओलीको फोन- मिलेर अगाडि बढौँ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन्।

बिहीबार अपराह्न ओलीले प्रचण्डलाई टेलिफोन गरी निर्वाचित भएकोमा बधाई दिएको स्रोतले बताएको छ। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार दुई नेताबीच निर्वाचनपछि बन्ने राजनीतिक समीकरणका विषयमा सामान्य कुराकानी भएको थियो।

यतिबेला आइतबार सम्पन्न आमनिर्वाचनको नतिजा ठूला दलले सोचेकोभन्दा फरक आइरहेको छ। माओवादी नेपाली कांग्रेससहित पाँचदलीय गठबन्धनबाट चुनाव लडेको थियो। एमाले भने राप्रपा, जसपालगायतका साना दलसँगको सहकार्यमा चुनावी मैदानमा गएको थियो।

दुवै गठबन्धनको अपेक्षाकृत परिणाम नआएपछि सरकार गठनका लागि नयाँ दल निर्णायक बन्न सक्ने देखिएको छ। यहीबेला लामो समयपछि दुई शीर्ष नेताबीच टेलिफोन वार्ता भएको हो।

प्रकाशित: ८ मंसिर २०७९ १८:३७ | Thursday, November 24, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast