पानी ट्यांकरको ठक्करबाट बालकको मृत्यु

हिमाल प्रेस ३ मंसिर २०७९ ७:२४ | Saturday, November 19, 2022
पानी ट्यांकरको ठक्करबाट बालकको मृत्यु

भक्तपुर- भक्तपुर नगरपालिका २ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ।

चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्वरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रवीन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए। त्यसपछि उपचारको लगि भक्तपुर अस्पताल लगेको थियो। उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको जनाइएको छ। ठक्कर दिने पानी ट्यांकर र चालक भक्तपुर नगरपालिका ९ कमलबिनायक बस्ने बर्ष ४५ को सीताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिएको छ।

प्रकाशित: ३ मंसिर २०७९ ७:२४ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast