नेपालले हात पार्‍यो साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि

हिमाल प्रेस २५ कार्तिक २०७९ ४:४२ | Friday, November 11, 2022
नेपालले हात पार्‍यो साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौँ– साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपालले हात पारेको छ। राउन्ड रोविन प्रणालीअन्तर्गत सञ्चालित प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो।

गोल किपर सुजाता तामाङले पेनाल्टी बचाएपछि नेपालले उपाधि जितेको हो। ४ खेलबाट ३ मा विजयी र १ बराबरीको नतिजाबाट १० अंक जोडेर नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो।

नेपाललाई उपाधि जित्न बराबरी नै पर्याप्त थियो भने बंगलादेशका लागि थप गोल आवश्यक थियो। खेल १-१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाए पनि गोल लगाउन असफल रह्यो। जसको फाइदा नेपाली टोलीले उठायो।

ढाकास्थित बीएसएसएसएमके रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा बंगलादेशले गोल फर्कायो। बंगलादेशकी कप्तान रुमा अख्तरले ५४औं मिनेटमा गोल गरेकी थिइन्।

खेलको अन्तिम मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गरे पनि बंगलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी प्रहार कप्तान एवम् गोलकिपर सुजाता तामाङले गोल बचाउँदै नेपाललाई सहज बनाउँदै नेपाललाई उपाधि दिलाइन्। नियमित कप्तान दीपा रोकाय भए पनि बंगलादेशविरुद्धको खेलमा भने सुजाताले कप्तानी गरेकी हुन्।

प्रकाशित: २५ कार्तिक २०७९ ४:४२ | Friday, November 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast