निटफेस्टको पाँचौँ दिन अडियो नाटकदेखि नृत्य प्रदर्शन

हिमाल प्रेस १३ मंसिर २०७९ ११:४९ | Tuesday, November 29, 2022
निटफेस्टको पाँचौँ दिन अडियो नाटकदेखि नृत्य प्रदर्शन

काठमाडौँ- मंसिर ९ देखि सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’को आज पाँचौँ दिन हो।

आज महोत्सवमा नाटक मञ्चनसँगै अडियो नाटक र नृत्य प्रदर्शन रहेको छ।

बिहान कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्री कन्फेसन’बारे जुम कक्षा थियो। जसमा मानव र बोटबिरुवा बीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणालीबारे रूखले कथा भन्छ। नाटकका निर्देशन एरिन मीले गरेका हुन्।

उरुग्वेका रंगकर्मीद्वारा नाटक ‘रियो’ मञ्चन गरिनेछ। दिउँसो १२ र ४ बजे गरी नाटकका दुई सो हुनेछन्। बेलुका ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ। साँझ ७ बजे ‘जर्नी अफ फुटस्टेप्स’ शीर्षकमा नृत्य प्रस्तुत गरिनेछ।

काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरले आयोजना गरेको महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रसिया, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वेलगायत १३ देशका नाट्य समूह सहभागी छन्।

मंसिर १७ सम्म चल्ने नाट्य महोत्सवमा संसारभरिका दुईभन्दा बढी रंगकर्मी सहभागी भएका छन्।

प्रकाशित: १३ मंसिर २०७९ ११:४९ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast