नवलपरासीका मतदान अधिकृत निलम्बित

हिमाल प्रेस १ मंसिर २०७९ ५:४७ | Thursday, November 17, 2022
नवलपरासीका मतदान अधिकृत निलम्बित

गैंडाकोट– नवलपरासी पश्चिममा मदिरा सेवन गरेका मतदान अधिकृत निलम्बनमा परेकाछन्। आसन्न निर्वाचनका लागि मतदान अधिकृतको जिम्मेवारी प्राप्त गरेका पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई मतदान अधिकृतबाट निलम्बन गरिएको हो। उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

नवलपरासी पश्चिम  सुनवल नगरपालिका-११ स्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रूपमा खटिएका उनले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने समयमा मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाई विवाद गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिई प्रहरीले स्वास्थ्य परीक्षण गराउँदा निजले मादक पदार्थ सेवन गरेको पाइएकोले नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए।

सो मतदान स्थलमा वैकल्पिक मतदान अधिकृत नियुक्ति गरी पठाइएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए।नियन्त्रणमा लिइएका मतदान अधिकृतलाई निर्वाचन आचारसंहिताले व्यवस्था गरेको सजायअनुसारको कारबाही हुने उनले बताए।

प्रकाशित: १ मंसिर २०७९ ५:४७ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast