काठमाडौँ ४

नक्साल-नागपोखरीवासीको मन बुझ्दै राजन [तस्बिरमा हेर्नूस्]

दिपेश श्रेष्ठ २७ कार्तिक २०७९ ७:४६ | Sunday, November 13, 2022
नक्साल-नागपोखरीवासीको मन बुझ्दै राजन [तस्बिरमा हेर्नूस्]

काठमाडौँ– आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ ४ बाट नेकपा एमालेका उम्मेदवार राजन भट्टराई घरदैलो अभियानमा व्यस्त देखिएका छन्।

यसै क्रममा उनी एमाले समर्थकहरूका साथ आइतबार नक्साल-नागपोखरी क्षेत्रका मतदाताको घरदैलोमा पुगेका छन्। अभियानका क्रममा उनले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने कामबारे स्थानीयवासीसँग जानकारी लिँदै आफू निर्वाचित भएर सदनमा पुगेपछि ती समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ। ०७४ मा सम्पन्न निर्वाचनमा पनि यसै क्षेत्रबाट सोही पदका उम्मेदवार रहेका भट्टराई र थापाबीच यसपटकको प्रतिष्पर्धा रोचक हुने देखिएको छ।

०७४ को निर्वाचनमा भट्टराईलाई पराजित गर्दै थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यसपटक जितमा आ-आफ्नो दाबीसहित दुवै उम्मेदवारहरू काठमाडौँ ४ को चुनावी मैदानमा छन्।

तस्बिरमा हेर्नूस् भट्टराईको घरदैलो कार्यक्रम:

प्रकाशित: २७ कार्तिक २०७९ ७:४६ | Sunday, November 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast