काठमाडौँ- धादिङ-२ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन्।
कांग्रेस धादिङका सभापतिसमेत रहेका अधिकारीले सोही क्षेत्रका निवर्तमान सांसद नेकपा (एमाले)का खेमप्रसाद लोहनीलाई १० हजार ५३३ मतान्तरमा पराजित गरे।
अधिकारीले ३४ हजार ४८३ मत पाउँदा एमालेका लोहनी २३ हजार ९५० मत ल्याए।
प्रकाशित: ८ मंसिर २०७९ १५:१६ | Thursday, November 24, 2022
प्रतिक्रिया




