जनकपुरधाम– धनुषा १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रतितिधिसभा सदस्य उम्मेदवार दीपक कार्कीले अग्रता लिएका छन्। उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका यादवले पछ्याइरहेका छन्। कार्कीले १४६ मत प्राप्त गरेका छन् भने यादवले १२८ मतसहित उनलाई पछ्याइरहेका छन्।
सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मनाेज मल्लले पनि १४६ मत नै प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले ४९ मत प्राप्त गरेका छन्।
प्रकाशित: ५ मंसिर २०७९ १७:२१ | Monday, November 21, 2022
प्रतिक्रिया



