धनुषाको एक मतदान केन्द्रमा अझै सुरु भएन मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ १४:०५ | Sunday, November 20, 2022
धनुषाको एक मतदान केन्द्रमा अझै सुरु भएन मतदान

जनकपुरधाम- धनुषाको एक मतदान केन्द्रमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन।

धनुषा निर्वाचन क्षेत्र नम्बर–२ मा रहेको कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा रहेको बिलट बौक मावि (ख) को मतदान सुरु हुन नसकेको हो।

मतपेटिकामा सामान्य गडबडी भएको भन्दै मतदान सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

उनले सामान्य प्राविधिक त्रुटि भएको र त्यसलाई सच्याइसकिएकोले अबको केहीबेरमै मतदान सुरु हुने तयारी भएको जानकारी दिएका छन्।

प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभामा हेरफेर भएको भन्दै स्थानीयले विवाद गर्दा मतदान सुरु हुन नसकेको मतदान अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९ १४:०५ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast