सांकेतिक तस्बिर।
कैलाली- कैलालीको धनगढीमा सेफ्टी ट्यांकीमा खसेर एक बालकको मृत्यु भएको छ।
बिहीबार धनगढी उपमहानगरपालिका-१५ शान्तिकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धीरज सार्कीको मृत्यु भएको हो।
प्रहरीका अनुसार आफ्नै घरनजिक रहेको सेफ्टी ट्यांकीमा खसेर घाइते भएका उनलाई उपचारको लागि मायामेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रकाशित: २ मंसिर २०७९ ६:०० | Friday, November 18, 2022
प्रतिक्रिया




