देशभर मदिरा रोक्न गृहको निर्देशन

हिमाल प्रेस २ मंसिर २०७९ ५:५९ | Friday, November 18, 2022
देशभर मदिरा रोक्न गृहको निर्देशन

काठमाडौँ-  सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ। निर्वाचन आयोगको निर्णय अनुसार गृह मन्त्रालयले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ।

४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन  निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो।

प्रकाशित: २ मंसिर २०७९ ५:५९ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast