दार्चुलाको प्रदेशसभा २ मा माओवादी उम्मेदवार धामी विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ ८:२० | Wednesday, November 23, 2022
दार्चुलाको प्रदेशसभा २ मा माओवादी उम्मेदवार धामी विजयी

धनगढी- दार्चुला प्रदेशसभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै धामी विजयी भएका हुन्।

धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे। यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत ल्याए।

२०७४ सालको निर्वाचनमा पनि धामी उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: ७ मंसिर २०७९ ८:२० | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast