दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र

हिमाल प्रेस २ मंसिर २०७९ १२:१९ | Friday, November 18, 2022
दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र

दाङ– दाङमा चार लाख १४ हजार ९५६ मतदाता छन्। तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १५३ मतदानस्थल र ४६५ मतदमन केन्द्र छन्।

दाङ-१ मा प्रतिनिधिसभा सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन्। जसमा नेकपा एमाले, राष्ट्रिष प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी, नागरीक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाली कांग्रेस(बीपी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र एक जना उम्मेदवार छन्।

जसमा पुरुष उम्मेदवार सात र महिला उम्मेदवार पाँच छन्।  यस्तै समावेशी उम्मेदवारतर्फ ३३.३३ प्रतिशत खस आर्य, थारु २५ प्रतिशत र आदिवासी जनजाती ४१.६७ प्रतिशत छन्।

यस क्षेत्रमा एक लाख ३४ हजार ७३३ मतदाता छन्। जसमा पुरुष ६७ हजार ६४१, महिला ६७ हजार ९१ जना र अन्यमा एकजना छन्। यसक्षेत्रमा मतदानस्थल ५१ र मतदान केन्द्र १५२ रहेको निर्वाचन आयोगले जानाएको छ।

प्रकाशित: २ मंसिर २०७९ १२:१९ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast