दक्षिण कोरियामाथि घानाको रोमाञ्‍चक जित

हिमाल प्रेस १२ मंसिर २०७९ २१:०४ | Monday, November 28, 2022
दक्षिण कोरियामाथि घानाको रोमाञ्‍चक जित

काठमाडौँ- मोहम्मद कुडुसले दुई गोल गरेपछि विश्वकप समूह चरणको खेलमा घानाले दक्षिण कोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ। कुडुसले ३४ औँ मिनेटमा गोल गरेर घानाको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि ६८ औँ मिनेटमा उनले गरेको गोलले घानालाई तीन अंक दिलायो।

यो जितले घानाको नकआउट चरणमा पुग्ने सम्भावना जागेको छ। पहिलो खेलमा पोर्चुगलसँग हारेको घाना अब समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ। दुई खेल खेलेको घाना र एक खेल खेलेको पोर्चुगलको तीन–तीन अंक छ।

पोर्चुगलले सोमबार राति उरुग्वेको सामना गर्दैछ। तेस्रो स्थानमा रहेको उरुग्वेलाई पन्छाए पोर्चुगल नकआउट चरणमा पुगेको छ। पहिलो खेलमा दक्षिण कोरियासँग बराबरी खेलेको उरुग्वे अनिवार्य जितको खोजीमा छ। उता दक्षिण कोरिया अब अन्तिम खेलमा पोर्चुगलसँग भिड्नेछ।

दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना पोर्चुगलसँगको खेलको नतिजामा मात्रै निर्भर हुने छैन। उरुग्वे र घानाबीचको खेलको नतिजामा पनि निर्भर हुनेछ।

कतारको अल रायनस्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा घानाले २४ औँ मिनेटमा गोलको खाता खोलेको थियो। मोहम्मद सालिसुले अफ्रिकी टिमका लागि गोल गरेका थिए। त्यसपछि कुडुसको गोलले घाना २–० को स्थितिमा पुग्यो।

तर दोस्रो हाफमा दक्षिण कोरियाले लगातार दुई गोल गर्‍यो। उसका लागि दुवै गोल गुई सङ चोले गरे। ५८ औँ र ६१ औँ मिनेटमा उनले गरेका गोलले दक्षिण कोरियालाई खेलमा फर्काएको थियो। यद्यपि आयाक्सका २२ वर्षीय मिडफिल्डर कुडुसले गोल लयलाई जारी राखेपछि घाना विजयी बन्यो।

कुडुस घानाका लागि विश्वकपको एकै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बने। घानाले यसअघि विश्वकपमा कुनै पनि खेलमा कुल तीन गोल गर्न सकेको थिएन।

प्रकाशित: १२ मंसिर २०७९ २१:०४ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast