थापाथलीको सुकुम्वासी बस्तीमा महानगरको डोजर

प्रतिकारमा उत्रिए स्थानीय

हिमाल प्रेस १२ मंसिर २०७९ १५:३१ | Monday, November 28, 2022
थापाथलीको सुकुम्वासी बस्तीमा महानगरको डोजर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले काठमाडौँ थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सुरु गरेको छ।

सोमबार दिउँसो काठमाडौँ महानगर प्रहरी र प्रतिनिधिसहितको टोलीले बस्ती हटाउन सुरु गरेको हो।

सो क्रममा बस्तीका बासिन्दाहरू प्रहरीमाथि हस्तक्षेप गर्दै प्रतिकारमा उत्रिएका छन्। बस्तीमा बस्दै आएकाहरूले नगर प्रहरीमाथि ढुंगा प्रहार गर्दै विरोधस्वरूप टायर जलाएका छन्।

थापाथलीस्थित बागमती नदीको दुवैतर्फ सुकुम्बासी बस्ती रहेको छ। सोमबार प्रहरीले प्रसुति गृहतर्फको बस्तीमा डोजर लगाउन सुरु गरेको हो।

प्रकाशित: १२ मंसिर २०७९ १५:३१ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast