 
                             
                                            काठमाडौँ- नेकपा एमालेका उम्मेदवार डा. विजय सुब्बालाई हराउँदै तेह्रथुमकी सीता गुरुङ प्रत्यक्षतर्फ निर्वाचित नेपाली कांग्रेसकी पहिलो महिला सांसद बनेकी छन्। हालसम्म प्रत्यक्षतर्फ पहिलो स्थानमा रहेको कांग्रेसका सबै विजयी उम्मेदवारहरू पुरुष मात्र छन्।सीताले विजय सुब्बालाई १ हजार ७९ मतले पराजित गरेकी छन्।
सुरुवातबाटै अग्रता कायम गरेका विजयलाई अन्त्यतर्फ सीताले अग्रता कायम गरेकी थिइन्। सत्ता गठबन्धनको साथ पाएकी उनले १९ हजार ७०२ ल्याउँदा विजयले १८ हजार ६२३ मत ल्याएका छन्। नेपाली कांग्रेसले हालसम्म प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४८ सिट जितिसकेकाे छ।
                            प्रकाशित: १० मंसिर  २०७९ ८:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 