तीन जिल्लाको मतगणनाबारे छिट्टै निर्णय हुन्छ : आयोग

हिमाल प्रेस ११ मंसिर २०७९ १८:३० | Sunday, November 27, 2022
तीन जिल्लाको मतगणनाबारे छिट्टै निर्णय हुन्छ : आयोग

काठमाडौँ– गत आइतबार सम्पन्न निर्वाचनपछि सुरु भएको मतगणना रोकिएका जिल्लामा पुन: मतगणनाबारे छिट्टै निर्णय हुने भएको छ।

मतगणना रोकिएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिइने आयोगले जनाएको छ।

आयोगले तीन जिल्लामा अध्ययनका लागि टोली पठाएको र टोलीले अध्ययन प्रतिवेदन बुझाएपछि निर्णय लिएर अघि बढ्ने बताएको हो।

‘दोलखा, बाजुरा र स्याङ्जाको हकमा आयोगले छिट्टै निर्णय गर्छ, त्यसका लागि केही आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘यी क्षेत्रमा अध्ययनका लागि आयोगले टोली खटाएको छ, टोलीको प्रतिवेदनपछि आयोगले निर्णय गर्छ।’

दोखला र स्याङ्जामा राजनीतिक दलबीचको विवादका कारण मतगणना सुरु हुन सकेको छैन भने बाजुराको बूढीनन्दा नरपालिका-५ मा शनिबार पुनःमतदान भए पनि राजनीतिक दलबीच विवाद कायमै रहँदा मतगणना सुरु हुन नसकेको हो।

आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको नतिजा आइसकेको छ। यी तीन निर्वाचन क्षेत्रबाहेक पाँच क्षेत्रमा भने मतगणना जारी छ।

प्रकाशित: ११ मंसिर २०७९ १८:३० | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast